Rule 3
लिखतमा पु¥याउनु पर्ने रीत
  (१) यस नियममा उल्लिखित कुराहरुको अतिरिक्त पुनरावेदन अदालतमा दर्ता हुने लिखतमा पु¥याउनु पर्ने रीत सम्बन्धी सामान्य कुराहरुको हकमा पुनरावेदन अदालत नियमावली, २०४८ को परिच्छेद–३ मा गरिएको व्यवस्था लागू हुनेछ ।
(२) यस नियममा उल्लिखित कुराहरुको अतिरिक्त जिल्ला अदालतमा दर्ता हुने लिखतमा पु¥याउनु पर्ने रीत सम्बन्धी सामान्य कुराहरुको हकमा जिल्ला अदालत नियमावली, २०५२ को परिच्छेद–४ मा गरिएको व्यवस्था लागू हुनेछ ।